राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुनमा कति?
१ पुष २०८०, आईतवार १२:५६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस बैंकले मंसिर महिनामा मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।












