शाइन रेसुंगा बैंक ऋण विभागका कर्मचारी झुण्डिएर आत्महत्या
२ पुष २०८०, सोमबार १८:११

काठमाडौं । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले दिउँदो कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ ।











