मेन्छियम हाइड्रोपावरको समयअघि नै साधारणसभा सम्पन्न, लगानीकर्तालाई झुक्कायो
२ पुष २०८०, सोमबार १८:३७

काठमाडौं । मेन्छियम हाइड्रोपावरले आम लगानीकर्ताैहरुलाई ५ बजे साधारणसभा बोलाएर लगानीकर्ताहरुलाई झुक्याएको छ । आज साँझ ५ लैनचौर बैंक्वेटमा साधारण सभा बोलाएको कम्पनीले सो समय अघि नै साधारणसभा सम्पन्न गरेको लगानीकता आदित्य पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् ।
लैनचौर बैंक्वेटमा सोमबार साँझ ५ बजे ५०–६० जना लगानीकर्ता पुग्दा साधारण सभा सम्पन्न भइसकेको जानकारी दिएको ती लगानीकर्ताले जानकारी दिएका थिए,। कम्पनीले यस बर्ष लाभांश घोषणा नगर्ने निर्णय गरेको थियो ।











