वाणिज्य बैंकहरुको मुनाफा २१ अर्ब, नबिल, ग्लोबल र एनआईएमबी बैंक अग्रस्थानमा

२ पुष २०८०, सोमबार २०:५२

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वाणिज्य बैंकले २१ अर्ब बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस अवधिमा नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड खुद नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड तथा प्राइम बैंकले १ अर्ब ५३ करोड खुद नाफा कमाएको छ ।

यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख , तथा नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ ।

यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । बैंकको खुद नाफा २७ करोड ८८ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*