फाइनान्स कम्पनीहरु करिब आधा अर्ब घाटामा

२ पुष २०८०, सोमबार २०:५८

चार महिनामा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।

चार महिनामा कुल १७ मध्ये ९ वटा फाइनान्स कम्पनी घाटामा छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ । सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको रहेको छ।

जसले यो अवधिमा १० करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यसैगरी समृद्धि फाइनान्सलाई ९ करोड ३९ लाख र क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ६ करोड ३२ लाख रुपैयाँ खुद घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यसैगरी, गुवेश्वरी मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ५ करोड ३१ लाख, पोखरा फाइनान्सलाई ५ करोड १८ लाख र गुडविल फाइनान्सलाई ३ करोड ९७ लाख रुपैयाँ खुद घाटामा रहेका छन् ।

यस अवधिसम्ममा ८ वटा फाइनान्स कम्पनीहरुले खुद नाफा आर्जन गरेका छन् । यस्तो नाफा आर्जन गर्नेको शिर्ष स्थानमा मन्जुश्री फाइनान्स रहेको छ । जसले यो ४ महिनामा ११ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, गोर्खाज फाइनान्सले ५ करोड २० लाख तथा रिलायन्स फाइनान्सले ४ करोड ६८ लाख खुद नाफा आर्जन गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*