नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ निष्काशनमा ल्याएको हो।
बैंकले मंसिर २९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।











