जाजरकोटका भूकम्प पीडितलाई इन्फिनिटी लघुवित्तद्वारा राहत वितरण

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संंस्था लिमिटेडकले नेपालको पश्चिम क्षेत्र अन्तर्गत जाजरकोट नलगाड नगरपालिकामा कात्तिक १७ गते गएको विनासकारी भूकम्पका प्रभावितलाई राहत सामाग्रि वितरण गरेको छ ।
कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समुह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ग्राहक सदस्यहरुको परिवारमा घर, गोठ आदीमा धन जनमा क्षति पुयाएकोले उक्त स्थानमा रहेका ५२ घरपरिवारका सदस्यहरुलाई संस्थाले आर्थिक राहत वितरण गरेको हो ।
संस्थाले पुस १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम संस्थाकी सदस्य गिता नेपालीको अध्यक्षतामा त्रिवेणी गाउँपालिका वडा नं १० का स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्काका साथै सोही गाउँपालिकाका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का र सहायक प्रहरी हवल्दार शेर बहादुर शाहीको विशेष उपस्थितमा सम्पन्न भएको संस्थाले जनाएको छ ।











