एनआइसी एशिया लघुवित्तका सीईओ चालिसेले कति बुझे तलब भत्ता ?
६ पुष २०८०, शुक्रबार १५:३५

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ ।
सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले लक्ष्मण चालिसेले आर्थिक वर्ष २०७९।०८० मा पारिश्रमिक, भत्ता तथा सुविधा बापत ६२ करोड ९ हजार रुपैयाँ बुझेका छन् । साथै, कम्पनीका प्रमुख प्रबन्धकहरु कुल १ करोड ६० लाख ४२ हजार रुपैयाँ बुझेका छन् ।
साधारण सभाले संस्थाका शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख सोह्र हजार नगद लाभांश ९कर प्रयोजनसमेत० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।











