नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन

६ पुष २०८०, शुक्रबार १८:११

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज लघुवित्तका सिईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न भएको हो ।

लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन भएका छन् । आज काटमाडौंमा सम्पन्न संघको साधारणसभाबाट यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको अध्यक्षमा पूर्व अध्यक्ष बसन्तराज लम्साल समेत आकांक्षी थिए । लम्सालले छाडेपछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् भने महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाराम पाण्डे र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् ।ल्

संघको सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बम, सौगात चौधरी, श्याम कटुवाल, शारदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*