निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
बैंकले पुस ११ गते (बुधबार) उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने जनाएको छ ।
बजारमा रहेको अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले पुस ११ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस २५ गते तोकिएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
nrb










