नेप्सेमा ३ कम्पनीको बोनश शेयरमूल्य समायोजन

११ पुष २०८०, बुधबार १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फस्र्ट माइक्रोफाइनान्सको बोनश शेयरको मूल्य समायोजन भएको हो ।

बुधबार हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयरमूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको शेयर मूल्य ७२४.०९ रुपैयाँ रहेको छ । नेप्सेले अन्तिम शेयर मूल्य ७९६.५० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

त्यस्तै, तारागाउँ रिजेन्सीको ४ प्रतिशत बोनश शेयरमूल्य समायोजन पछि ८३६ रुपैयाँ रहेको छ । नेप्सेले अन्तिम शेयर मूल्य ८७० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

फस्र्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनश शेयरमूल्य समायोजन पछि ६२२ रुपैयाँ रहेको छ । नेप्सेले अन्तिम शेयर मूल्य ६६९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

उक्त बोनश शेयर कम्पनीहरुको आउदो वार्षिक साधारण सभा र राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*