विभिन्न बचत खाताको बीमा सुविधा बन्द गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१२ पुष २०८०, बिहीबार ०८:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बचत खाता योजनाको विशेषता संसोधन गरेको छ। बैंकले विभिन्न बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्न लागेको हो।
बैंकले कर्पाेरेट बेनिफिट बचत खाता, प्रोफेसनल कर्मचारी बचत खाता र प्रबर्धक बचत खाताको अन्य विशेषताहरु यथावत राखि खातावाला ग्राहकलाई प्रदान गर्दै आएको आकस्मिक मृत्यु बीमा तथा स्वाथ्य बीमा सुविधा पुस १६ गतेदेखि बन्द गरिने जनाएको हो।
साथै, उक्त बचत खाता संचालन गरिरहेका ग्राहकले खाताको योजना परिवर्तन गर्न चाहेमा बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सुझाव बैंकले दिएको छ।











