सिटिजन्स बैंकको सञ्चालकमा बिनोद आत्रेय नियुक्त
१३ पुष २०८०, शुक्रबार १०:४५

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले आत्रेयलाई सञ्चालकमा नियुक्त गरेको हो ।
त्यस्तै, बैंकका सञ्चालक रमेश राज आर्यालले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको पुस १२ गते बसेको सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गरेको हो ।











