विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय
१३ पुष २०८०, शुक्रबार ११:३२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो ।
कम्पनीले पुस २८ गतेका दिन पुतली रिसोर्ट, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा सभा आह्वान गरेको छ । सभा विहान १०ः३० बजे सुरु हुनेछ ।











