गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउदै, देशभर सार्वजनिक विदा
१५ पुष २०८०, आईतवार १०:४४

काठमाडौं । गुरुङ समुदायले आइतबार पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ मनाउँदै छन्। तमु ल्होसारका अवसरमा सरकारले आइबार सार्वजनिक विदा दिएको छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। जसमा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भन्ने हुन्छ ।
गुरुङ बाहुल्य रहेको गण्डकीका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व भव्यताका साथ मनाउने गरिन्छ। यस अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना जारी गर्दै संस्कृति जोगेर्नाका लागि आव्हान गरेका छन् ।













