निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

१७ पुष २०८०, मंगलवार ०७:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न यो उपकरण जारी गर्न लागेको हो।

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (पुस १७ गते) हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रिय बैंकले ७ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो।

साँवा र ब्याज भुक्तानी मिति पुस २४ गते तोकिएको छ। यसको ब्याजदर बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।

1.-DC_Issue-Notice-2080.09-17

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*