३५ दिनभित्र कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी सम्पत्ति लिलाम गर्ने
१७ पुष २०८०, मंगलवार १५:३५

काठमाडौं । तोकिएको समयावधिभित्र कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले उल्लेखित ऋणीको धितो लिलाम गर्ने भएको छ । कम्पनीले ३५ दिने सूचना निकाल्दै यस्तो बताएको हो ।
कम्पनीबाट ऋण लिई सो बापतको सावाँ ब्याज लगायतका रकम नबुझाएपछि ऋणीको धितोमा रहेको तपशिलका सम्पत्ति लिलाम गर्न लागेको हो । साथै, ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने सूचनामा उल्लेख गरिएको छ ।












