निफ्राको संचालकमा चार जना निर्विरोध निर्वाचित
१८ पुष २०८०, बुधबार ११:२४

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संचालकमा चार जना निर्विरोध निर्वाचित भएका छन्।
कम्पनीको पुस १७ गते मंगलबार सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना अनुज अग्रवाल, रत्न राज बज्राचार्य र लालमणि जोशीलाई आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित गरेको हो।
साथै, बैंकमा रिक्त रहेको सर्वसाधारण शेयरधनी समूहतर्फ साविक संचालकको बाँकी कार्यकालसम्मको लागि प्रविण सुवेदीलाई संचालकमा नियुक्त गरेको हो।
nif










