नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता
२० पुष २०८०, शुक्रबार १०:५२

काठमाडौं । नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच छुट सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा, डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी टिकापुर कैलालीस्थित ओम कृष्ण अस्पतालसंग छुट सम्झौता भएको हो ।
यस छुट सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले उक्त अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सो सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) ले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा अस्पतालका तर्फबाट कृष्ण प्रसाद उपाध्याय बजगाई तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।











