तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
२२ पुष २०८०, आईतवार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ। नेप्सेमा २६ अंकको गिरावट आएतापनि यस दिन ८१ कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
आइतबार तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, धौलागिरी लघुवित्त, सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङ खोला जलविद्युत, विन्ध्याबासिनी हाइड्रोपावर, सिनर्जी पावर र समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ।












