अस्पताल वार्ड निर्माणमा एनएमबि बैंकको सहयोग

काठमाडौं । अस्पताल वार्ड निर्माण गर्न एनएमबि बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत मिल्ने र यसले बाल सवास्थ्य सुधारको प्रयासमा सहायता पुर्याउने विश्वास बैंकले लिएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान भएको हो । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउने बैंकले जनाएको छ ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । यस बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।











