लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण
२३ पुष २०८०, सोमबार १६:००

काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ।
प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ।
‘लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले मोटर लघुबीमामा अधिकतम दायित्व ५० लाखको सीमाभित्र रही व्यवसाय गर्नुपर्नेछ,’ लघुबीमा(प्रथम संशोधन) निर्देशन, २०८० मा उल्लेख छ।
यसअघि लघुबीमा कम्पनीले मोटर लघुबीमा अन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरुसाइकल, ट्राइसाइकल, मोपेड,ट्रयाम्पु, रक्सा,ठेलागाडाको मात्रै बीमा गर्न पाउने व्यवस्था थियो।
यसैगरी, लघुबीमामा पनि मोटर तेस्रो पक्ष बीमा हुनुपर्ने व्यवस्था गरिएको छ।













