विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम
२४ पुष २०८०, मंगलवार ११:४६

काठमाडौं । विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको छ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा लघु साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रम उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा केन्द्रित रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न भएका थिए । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।











