गुराँस लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।८० को आठौं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्तले कम्पनी ऐन, २०६३ को दफा १०९ (४) बमोजिम संचालक समितिको प्रतिवेदनमा सिईओसहित अन्य पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद उपाध्यायले ४ लाख ३८ हजार ६५० रुपैयाँ तलब, भत्ता बुझेका छन् । त्यस्तै, निवर्तमान प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्रले तलब, भत्ता, दशै भत्ता, बोनस सुविधा बापत १५ लाख ९६ हजार ७२२ रुपैयाँ बुझेका छन् ।
त्यसैगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत भेष बहादुर बस्नेतले १६ लाख २६ हजार ८५५ र प्रबन्धक जगन्नाथ कुइकेलले १२ लाख ४६ हजार ४०० रुपैयाँ भत्ता लिएका छन् । यता अर्का प्रबन्धक राम प्रसाद पोखरेलले ११ लाख ५१ हजार ६२० रुपैयाँ र सहायक प्रबन्धक शिब कुमार श्रेष्ठले ९ लाख ७३ हजार १६० रुपैयाँ तलब भत्ता लिएका छन् ।
गत आर्थिक वर्षमा संचालकहरु बैठकमा सहभागी भए बापत बैठक भत्ता बापत ३ लाख ४३ हजार ५०० रुपैयाँ खर्च भएको छ । संचालकहरुलाई बैठक भत्ता बाहेक अन्य सुविधा उपलब्ध नगराइएको कम्पनीले बताएको छ ।











