डिप्रोक्स लघुवित्तले १०६ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना
२५ पुष २०८०, बुधबार १३:२४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०६ ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ ।
कम्पनीबाट विभिन्न शिर्षकमा ऋण लिई सावाँ, ब्याज र तिर्नुपर्ने रकम आदि नतिरेपछि कम्पनीले सूचना जारी गरेको जनाएको छ । तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा कम्पनीले ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राख्न सिफारिस गर्ने र चल अचल सम्पत्ति रोक्का राख्ने बताएको छ ।












