राष्ट्र बैंकको पाँच महिनाको रिपोर्टः यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

२६ पुष २०८०, बिहीबार १८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४।९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आयात ३।४ प्रतिशत, निर्यात ६।१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३।१ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७।६ प्रतिशतले र अमेरिकी डलरमा २४।५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । यस्तै शोधनान्तर स्थिति रु।२१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु।१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

यसैगरी नेपाल सरकारको खर्च रु।४५३ अर्ब र राजस्व परिचालन रु।३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४।७ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४।४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४।६ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा २।३ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४।५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Five Months' data of 2080.81)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*