लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२६ पुष २०८०, बिहीबार १९:२५

लुम्बिनी विकास बैंकको ८।५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४।५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बैंकका सञ्चालक समितिका अध्यक्ष चन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा ९एक्सटेन्सन काउण्टर० स्थापना भएको छ ।

यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*