निर्धन उत्थान लघुवित्तले ११२ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना
२९ पुष २०८०, आईतवार ११:३५

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले ११२ ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीले ३५ दिनको म्याद दिदै ऋण कर्जा भुक्तान गर्न आग्रह गरेको हो ।
कम्पनीबाट उल्लेखित ऋणीहरुले धितो सुरक्षण राखि वा सामूहिक जमानीमा कर्जा लिएर कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत नतिरेपछि कम्पनीले ३५ दिने म्यादसहित सूचना निकालेको हो ।
उल्लेखित ऋणीहरुले तोकिएको समयभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र धितोमा रहेको चल अचल सम्पत्तिसमेत लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ ।












