राष्ट्र बैंकका गभर्नरको फोटो राखेर स्क्यामरले चन्दा उठाउन थालेपछि……

२९ पुष २०८०, आईतवार १४:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो प्रयोगत गरी ह्वाटसएपबाट राष्ट्र बैंकका कर्मचारी तथा बैंकका कर्मचारीहरुलाई चन्दा माग्न थालेको पत्ता लागेको छ । स्क्यामरले एनसेलको सिमकार्ड प्रयोग गरी चन्दा उठाउने माध्यम बनेको हो । विदेशी लगानीमा सञ्चालित एनसेलले यस्तै स्क्यामरलाई सजिलै सिमकार्ड उपलब्ध गराउँदा नेपालमा अनलाईन ठगीधन्दा मौलाउँदै गइरहेको छ ।

एनसेलको सिमकार्ड ९८१४४८६४४९ बाट स्क्यामरले आफूलाई नेपाल राष्ट्र बैंकको गभर्नर भएको भन्दै राष्ट्र बैंककै कार्यकारी निर्देशकदेखि कर्मचारीलाई म्यासेज र भ्वाईस कल गएपछि केही कर्मचारीहरु आश्चर्यमा परेका थिए । गभर्नर अधिकारीको नाम र फोटो राखिएको आईडीबाट स्क्यामरले अनलाईन ठगी गर्न खोजेको राष्ट्र बैंकको प्रवत्ता डिल्ली राम पोखरेलले पुष्टि गरेका छन् ।

गभर्नरको फोटो भएको नम्बरबाट म्यासेज आउनुको साथै फोन आएको देखेपछि सुरुमा नम्वर फेरेको हुनसक्ने भन्दै कुरा गरेको र पछि पैसा मागेको विषय आएपछि सोधखोज भएको थियो । राष्ट्र बैंकका कर्मचारीले गभर्नरले नियमित रुपमा प्रयोग गर्ने भन्दा फरक नम्बर (+९७७९८१४४८६४४९) मा भ्वाइस कल गरेको कारण उनको नाममा उक्त ह्वाटएप बनाएको खुलेको छ । ।

गभर्नरको फोटो पठाएर कर्मचारीलाई संवाद म्यासेजमार्फत गरेका थिए । कर्मचराीले भ्वाईस कल गर्दा कल रिसिभ नगरी ‘अहिले मिटिङमा छु । केही समयपछि फोन गर्नेछु’ भन्ने म्यासेज आएपछि थप शंकाको घेरामा राखेर कर्मचारीहरुले लगातार सम्र्पक गर्न खोजेपनि म्यासेजमा मात्रै सम्र्पकमा रहेको थियो ।

आर्थिक कारोबार गर्नुपर्ने आशयसहित म्यासेज आएपछि राष्ट्र बैंकका ती कर्मचारीसँग गभर्नरको फेक आईडीले संवाद गरिएको जानकारी पाएपछि ती कर्मचारीले गभर्नरको आधिकारिक नम्वरमा सम्पर्क गरेर बताएका थिए । घटना पत्ता लागेसँगै प्रहरीमा उजुरी गर्ने तयारी गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आफूले नयाँ नम्बरबाट म्यासेज नै नगरेको बताएपछि उनको फोटो दुरुपयोग गर्दै ह्वाटस एफ एकाउन्ट खोलेर बजारबाट पैसा उठाउन खोजिएको खुलेको हो । राष्ट्र बैंकका ती कर्मचारी जसरी नै राष्ट्र बैंकका अन्य कर्मचारीलाई समेत फेक ह्वाटस एफ नम्बरबाट पैसा माग्दै म्यासेज गरिएको फेला परेको छ ।

गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको फेक एकाउन्टबाट राष्ट्र बैंकका एक उपनिर्देशकलाई समेत रकम माग गर्दै म्यासेज गरिएको थियो । आफू अहिले एक मिटिङमा रहेकाले अनलाइन कारोबार गर्न सक्ने अवस्थामा नरहेको र आफूले भनेको एक खातामा ८० हजार रुपैयाँ पठाउन म्यासेजमा आग्रह गरिएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले आफ्नो फोटो प्रयोग गरेर फेक ह्वाटस् एप एकाउन्ट खुलेको विषय शनिबार मात्रै थाहा पाएको बताए । राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाटस एफ एकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार उजुरी दिएका पोखरेलले जानकरी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*