बैंक तथा वित्तीय संस्थाको मुनाफा १६ प्रतिशतले ओरालो लाग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको छ । गत आर्थिक बर्षको तुलनामा बैंकको खुद मुनाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
बैंक÷वित्तीय संस्थाको यो खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशतले थोरै हो । आर्थिक वर्ष २०७९÷८० को मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ७५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए।
कात्तिकमा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको थियो भने मंसिमा ८ अर्ब २९ करोड खुद नाफा गरेका छन् ।
चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरुको खुद नाफा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । गत कात्तिकमा बैंकहरुको नाफा २० अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो । गत आवको मंसिरसम्ममा बैंकहरुले ३३ अर्ब ८७ करोड करोड रुपैयाँ खुद नाफा थियो ।
त्यसैगरी चालु आवको मंसिरसम्ममा विकास बैंकहरुले २ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन । विकास बैंकहरुले चालु आवकै कात्तिकसम्ममा एक अर्ब ६२ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको मंसिरसम्ममा विकास बैंकहरुको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो ।
चालु आवको मंसिरसम्ममा फाइनान्स कम्पनीले २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । फाइनान्स कम्पनीले कात्तिकसम्ममा २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आवको मंसिसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।











