विकास बैंकहरुको मुनाफा २ अर्बमाथि, कुनले कति गरे ?

१ माघ २०८०, सोमबार ०९:२६

विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक मसान्तसम्ममा भने १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुको नाफा एक महिनामै ६१ करोड रुपैयाँले बढेको देखिन्छ ।५ महिना अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसअवधिमा यसले ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अरु बैंकको नाफा १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँबीचमा रहेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*