घलेम्दी हाईड्रोले ३२ लाख १७ हजार कित्ता शेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति?

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारण समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता शेयर लिलाम बिक्रीमा ल्याउने भएको हो ।
यस कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयरहरु बिक्री खुला गरी आवेदन माग गरेको थियो । यसरी कम्पनीको शेयरमा पूर्ण आवेदन नपरेपछि उक्त अवितरित शेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिएको हो ।
यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्यामा कुनै हद नभएको कम्पनीले स्पष्ट पारेको छ ।
शेयर खरिद गर्न योग्य र इच्छुक जो–कोहीले माघ २३ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालय, नक्साल काठमाडौं वा मुक्तिनाथ विकास बैंक वा यस बैंकका तोकिएका शाखा कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।












