गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता, के–के छन् सुविधा?

३ माघ २०८०, बुधबार १३:१९

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस बचत खाता अन्तर्गत ग्राहकहरुले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेब बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, शेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर सुबिधामा ५० प्रतिशतसम्म छुटको सुविधा पाउने बैंकले जनाएको छ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्नेछन् । बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको जनाएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*