नेप्सेमा २ बर्ष यताकै उच्च कारोबार, २२ सयमाथिको बिक्री चाप थेग्न नसक्दा बजार घट्यो

३ माघ २०८०, बुधबार १७:०९

काठमाडौं । प्रि ओपनिङ सेसनमा २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा नकारात्मक भएर बन्द भएको छ। नेप्से सूचक १२।१० अंकले घटेर २१६३।०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न सकेन। २२०० माथिको बिक्री चाप थेग्न नसक्दा बजार झरेको हो।

बुधबार कारोबार रकम पनि बढेको छ। मंगलबार ८ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम २७ महिना यताकै उच्च हो। यसअघि २०२१ सेप्टेम्बर ६ मा ९ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। सो पश्चात बुधबार सबैभन्दा धेरै कारोबार भएको हो।

यस दिन कारोबारमा आएका १३ उपसमूहका ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३।५१ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*