कामना सेवा विकास बैंकको मुनाफा ३२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा मुनाफामा आकर्षक सुधार देखिएको छ ।
पुष मसान्तसम्ममा कम्पनीको मुनाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने साामान्य घटेको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड २६ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ६.२३ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको संचालन नाफा ३२.२४ प्रतिशतले बढेर ३७ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २७ करोड ९८ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ३.४३२ प्रतिशत, चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ५१ करोड ८८ लाख ६० हजार रुपैयाँ रहेको छ ।
पुष समान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयँ ६१ पैसा रहेको छ ।











