नेशनल लघुवित्तको ६३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ६३ हजार २४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका संस्थाप सेयरधनी महेन्द्र प्रसाद चुडालले पाँच हजार कित्ता, कमल बहादुर बस्नेतले सात हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाले १६ हजार ५११ कित्ता, टठ बहादुर पाण्डेले एक हजार ८३७ कित्ता, डिक बहादुर पाण्डेले पाँच हजार कित्ता, तारा देवि गुरुङले तिन हजार ७९४ कित्ता, कृष्ण प्रसाद खरेलले १० हजार कित्ता, तोशल कुरमा दाहालले आठ हजार कित्ता, प्रकाश अर्यालले चार हजार कित्ता र टिका बहादुर बाकावालले दुई हजार १०० कित्ता सेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ४ गते) ले १० दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।











