ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

४ माघ २०८०, बिहीबार ११:३६

काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिटकार्ड बाहक ग्राहकले बिगमार्टमा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले बैंकको क्रेडिटकार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा उक्त छुट पाइने भएको हो ।

बैंकले कार्ड बाहक ग्राहक लाभान्वित हुनेगरी बिग मार्टसँग सहकार्य गरेको जनाएको छ । यस योजनामा ग्राहकले बिगमार्ट स्टोरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउने बैंकले जनाएको छ।

साथै, यो छुट योजना माघ महिनाभर मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ । जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै आकर्षक पुरस्कारहरु पनि पाइनेछ । यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*