अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलामी बोलपत्र आज खोलिने

५ माघ २०८०, शुक्रबार ०८:४०

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको बोलपत्र आज अर्थात माघ ५ गते खोल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

तोकिएको अवधि भित्र प्राप्त भएका बोलपत्र आज बिहान ९ः३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौँमा खोलिनेछ । यो लिलामी सेयरमा करिब ३० हजार जनाले आवेदन दिएका छन् । हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*