यो बर्ष कुन–कुन कम्पनीले लगानीकर्ताको हात खाली बनायो?

५ माघ २०८०, शुक्रबार १४:४८

काठमाडौं । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कम्पनीहरुले साधारणसभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यस अनुसार कम्पनीहरुले साधारण सभा गर्ने समय सकिएको छ ।

यसबीचमा विभिन्न कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् भने विभिन्न कम्पनीहरुले साधारण सभाको मिति तय गरिसकेका छन् । कतिपय कम्पनीले भने अझैसम्म साधारण सभाको निर्णय सार्वजनिक गरेका समेत छैनन्।

यस वर्ष साधारण सभा घोषणा गरिसकेका झण्डै १०० हाराहारीको सृचीकृत कम्पनीहरुले लगानीकर्ताको हात खालि बनाएका छन् । जसमा पाँचवटा वाणिज्य बैंक हिमालयन, प्राइम कमर्सियल, कुमारी, एनएमबि र नेपाल बैंक पनि रहेको छ । प्रभु, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र कृषि विकास बैंकले भने हालसम्म सभा घोषणा गरेका छैनन् ।

त्यस्तै गुडविल, नेपाल, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेशिभ, समृद्धि र पोखरा फाइनान्स कम्पनीले लाभांश नदिने भएको छ । यता बेष्ट, जानकी, रिलायन्स, सेन्ट्रल, मल्टीपर्पस तथा गोर्खाज फाइनान्स कम्पनीले हालसम्म सभा डाकेका छैनन् ।

सिन्धु, कामना, सप्तकोशी र ज्योति विकास बैंकगरी चारवटा विकास बैंकहरुले लाभांश नदिने भएका छन् । यता एक्सेल, ग्रीन, कर्णाली, नारायणी तथा कर्पाेरेट विकास बैंकले अहिलेसम्म सभा सम्बन्धी निर्णय सार्वजनिक गरेका छैनन् ।

त्यस्तै, नेरुडे, गुराँस, लक्ष्मी, उन्नति सहकार्य, इन्फिनिटी, फरवार्ड, सामुदायिक, मनकामना स्मार्ट, उपकार, गणपति, मेरो माइक्रोफाइनान्स, साधना, सिवाइसी, सबैको, नाडेप, ग्रामिण विकास, कालिका, निर्धन उत्थान, धौलागिरी तथा किसान र हिमालयन लघुवित्तले लगानीकर्ताको हात खालि बनाएका छन् ।

त्यसैगरी, ४९ हाइड्रोपावर कम्पनीहरुले लाभांश प्रस्ताव नराखि साधारणसभा सम्पन्न गरेका छन् भने २९ कम्पनीले  सभासम्बन्धी निर्णय गरेका छैनन् । उत्पादन तथा प्रशोधन सेक्टरबाट बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एण्ड आयलले लाभांश नदिने भएका हुन् ।

होटल तथा पर्यटन सेक्टरबाट तीन कम्पनी चन्द्रागिरी हिल्स, सिटी होटल र कालिन्चोक दर्शनले लाभांश नबाढ्ने भएको छ । यता इन्भेष्टमेन्ट सेक्टरबाट एनआरएन इन्फ्रान्सट्रक्चरले लाभांश नदिने घोषणा गरेको छ । दुई कम्पनीले सभासम्बन्धी जानकारी गराएका छैनन् ।

दुई निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स लिमिटेडले लाभांश वितरण नगर्ने भएका हु्न । ८ कम्पनीले सभाबारे निर्णय गरेका छैनन् । अन्य सेक्टरबाट मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया र नेपाल वेयरहाउजिङ कम्पनीले लाभांश नबाड्ने भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*