राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवमा प्रभातफेरी

७ माघ २०८०, आईतवार १०:५१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सवको अवसर पारेर चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरेको छ। भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको सो प्रभातफेरी कार्यक्रम नारायणगढको पुल्चोकमा पुगरे सम्पन्न भएको हो।

सो प्रभातफेरी कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक कारोबारको विषयमा सजग गराउन विभिन्न प्रकारका प्लेट कार्डहरु पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा ‘देखासिकीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं, नोट सफा राखौं, नोटमा केही नलेखौं, कमाई नहेरी खर्च बढी गर्नेले, दुःख पाउँछ फजुल खर्च गर्नेले, अबको बैकिङ्ग मोबाइल बैकिङ्ग’ जस्ता नाराहरु लेखिएका प्ले कार्डसहित कर्मचारीहरु सहभागी भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*