लक्ष्मी सनराइजले कमायो १ अर्ब ५ करोड, कस्ता छन् अन्य सूचक

७ माघ २०८०, आईतवार १०:१९

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आफ्नो मुनाफा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद बनाएको छ । जुन गत वर्षको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा उछाल आएको छ । कम्पनीको खुद ब्याज आम्दानी १०४.६६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

पुष समान्तसम्ममा कम्पनीको सञ्चालन नाफा ३.२२ प्रतिशतले घटेको छ । कम्पनीको उक्त नाफा १ अर्ब ४९ करोडबाट घटेर १ अर्ब ४४ करोडमा झरेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक छ । कम्पनीको खराब कर्जा दर १.५६ प्रतिशत विन्दुबाट बढेर ४.६७ प्रतिशत, चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ९.६७ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

कम्पाीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*