चालु आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको वित्तीय रिपोर्ट कस्तो ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको भन्दा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको थियो ।
पुष समान्तसम्ममा कम्पनीको संचालन नाफा ६.१८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ, चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष २७अर्ब १६ करोड ९९ लाख रुपैयाँ, खराब कर्जा १.४६ प्रतिशतबाट झरेर १.२ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ ।











