नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा १३.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी भने ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
पुष समान्तसम्ममा कम्पनीको संचालन नाफा २ अर्ब ९८ करोड २४ लाख रुपैयाँबाट बढेर ३ अर्ब २ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा ३.७१ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत, जगेडा कोष २३ अर्ब ८९ करोडबाट बढेर २६ अर्ब ७ करोड रुपैयाँ, चुक्तापूँजी ३४ अर्ब १२ करोड र वितरणयोग्य नाफा १ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५.०५ रुपैयाँले घटेर १०.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७०.७० रुपैयाँ रहेको छ ।











