नाफामा नम्बर वान गरिमालाई पछ्याउँदै मुक्तिनाथ, शाइन र महालक्ष्मीको प्रतिस्पर्धा, अन्य कुनको कति ?

७ माघ २०८०, आईतवार १७:४६

काठमाडौँ । गरिमा विकास बैंकको मुनाफा ५१ करोड माथि लम्किएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनी राष्ट्रिय स्तरका ८ वटा विकास बैंक मध्य सबै भन्दा बढी नाफा गर्ने प्रथम नम्बरमा परेको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा २.०७ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय स्थरका विकास बैंकको मुनाफा १०.९८ प्रतिशतले घटेको छ । ८ वटा विकास बैंकको मुनाफा २ अर्ब २५ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यी बैंकहरुको मुनाफा २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा सबै भन्दा नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा ४२ करोड १७ हजार रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक वर्षको तुलनामा उक्त नाफा ३२.९२ प्रतिशतले कम हो । गत वर्ष सो अवधिमा भने बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

बढी नाफा कमाउने तेस्रो नम्बरमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको मुनाफा १३.६ प्रतिशतले घटेर २७ करोड १२ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४२ करोड ६९ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको मुनाफा १२.०२ प्रतिशतले घटेर २७ करोड ८० लाख ३६ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको नाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको नाफा १८.६९ प्रतिशतले घटेर २१ करोड २२ लाख ६९ हजार रुपैयाँ, ज्योति विकास बैंकको नाफा १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३९.८२ प्रतिशतले घटेर १० करोड २ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*