एक्सेल डेभलपमेन्ट बैंक घाटामा, सञ्चालन नाफा ऋणात्मक

८ माघ २०८०, सोमबार ११:३७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासको अवधिमा ६ करोड ९९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।गत वर्षको यसै अवधिमा यस बैंकले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २३।०३ प्रतिशतले घटेर २० करोड ६० लाख रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा ऋणात्मक छ ।

यसको इम्पेयरमेन्ट चार्ज ८ करोड ८५ लाख रुपैयाँबाट बढेर १६ करोड १६ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी घट्दा, त्यस्तै इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । यसको वितरणयोग्य नाफा ९ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एक्सेलको खराब कर्जा दर ४।९० प्रतिशत विन्दुबाट घटेर ४।७० प्रतिशतमा झरेको छ ।हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ७३ करोड १६ लाख रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १९ पैसा नोक्सानीमा छ । यसको प्रतिसेयर नेटवर्थ भने १५२ रुपैयाँ ८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*