सचेत महिला बचत तथा ऋण सहकारीको सहकार्यमा आइएमई लाइफद्धारा दाबी भुक्तानी

काठमाडौँ । सचेत महिला बचत तथा ऋण सहकरी संस्थाले आफ्नो सदस्यलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच एक लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो ।
सहकारीकी सेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत महिला बचत तथा ऋण सहकारी र आईएमई इन्स्योरेन्स कम्पनी बीच इन्स्योरेन्स भएको थियो । सोही अनुसार बिरामीको कारण उपचारको क्रममा निधन भए पछि दाबी भुक्तानी सम्झौता अनुसार निज ढकालको श्रीमान यादव बस्याललाई उक्त रकम हस्तान्तरण गरिएको हो।
दाबी भुक्तानी सम्बन्धी कार्यक्रममा सस्थाको तर्फबाट उपाध्यक्ष बम कुमारी काउचा , ब्याबस्थापक उमा गुरुङ ,सचिव सुवेछ्या थापा क्षेत्री एबम कोषाध्यक्ष पार्वती सुनार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा चेक हस्तान्तरण गर्दै आईएमई लाईफ इन्स्योरेन्स बुटवलका शाखा प्रमुख नारायण गौतम तथा अपरेसन इन्चार्ज नमराज भुसालले बीमा अनिवार्य रहेकोले सबैले अनिवार्य बीमा गराउनु पर्नेमा जोड दिए ।











