सिंगटी हाइड्रोको साधारणसभा फागुन १ गते, लगानीकर्ताको हात खाली

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा डाकेको छ ।
सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सिंगटीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज पनि गरिसकेको छ । त्यसैले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।











