दोस्रो त्रैमासमा गुराँस लघुवित्तको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । दोस्रो त्रैमाससम्ममा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २८।७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०।५२ प्रतिशतले घटेर ३।७५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।











