नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको ऋण नतिर्ने सदस्यको सूचीमा

काठमाडौं । नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको नतिर्ने सदस्यमा परेका छन् ।लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुरले कर्जा चुक्ता गर्न सूचनामा उनको नाम र तस्वीर सार्वजनिक भएसँगै उनीमाथि प्रश्न उठेको छ ।
नेफ्स्कुनको ३२औँ वार्षिक साधारणसभाबाट अध्यक्ष निर्वाचित भएका ढकाललाई कर्जा चुक्ता गर्न १५ दिने सूचना सार्वजनिकको बिषयलार्य लिएर सहकारीकर्मीहरुले चर्को आलोचना समेत गरेका छन् ।
बसुन्धरामा रहेको महेन्द्र नारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाले लिएको कर्जा नतिरेको भन्दै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न १५ दिने सूचना निकालेको हो ।
कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता गर्न बारम्बार सुचना जारी गरी जानकारी गराउँदा पनि कुनै चासो नदेखाई बेवास्था गरेकाले उल्लेखित ऋणी सदस्य संस्थाको संचालक समितिका पदाधिकारी, अख्तियार प्राप्तलगायत व्यक्तिगत जमानत बस्ने सदस्यको फोटो सहित १५ दिने सूचना निकालेको छ ।
१५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज चुक्ता नगरेको खण्डमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा यस संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरूको चल अचल सम्पत्तिहरूबाट र कानुन बमोजिम निजको घर घरानाबाट समेत असुल उपर गरिने जनाएको छ ।












अगुवा नै बाटोमा हगुवा भने झै।