विन नेपाल लघुवित्तका सेयरधनीहरुको हात रित्तो
११ माघ २०८०, बिहीबार १०:२०

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ। सोहि बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।











